भुट्नु

स.क्रि. [सं. भृष्ट+नु]

  1. सुखा मकै, भटमास, धान आदि वस्तु हाँडी आदिमा हाली कप्टेराले चलाएर फूल उठ्ने गरी सुखा पकाउनु; अराल्नु।
  2. खानेकुरा घिउ वा तेलमा तारेर खरो गरी पकाउनु; तार्नु।
  3. तोप, बन्दुक, ट्याङ्क आदिबाट गोली हानेर धेरै मान्छेलाई मार्नु; सखाप पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)