भुल्नु

स.क्रि. [प्रा. भुल्ल+नु]

  1. पहिले भए-गरेको कुरा नसम्झिनु; बिर्सनु।
  2. कुनै गल्ती वा भुल गर्नु; बिराउनु।
  3. भुलमा पर्नु; चुक्नु।
  4. अलमलिनु; झुक्किनु; छक्किनु।
  5. आसक्त हुनु; लहसिनु; लग्गु हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)