भूमिका

ना. [सं.]

  1. कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थका आरम्भको वक्तव्य; प्रस्तावना; प्राक्कथन, आमुख; उपोद्घात; मुखबन्ध।
  2. कुनै कुरा प्रस्तुत गर्नुभन्दा पहिले उठाइने प्रसङ्ग; आधारभूमि; पूर्वप्रसङ्ग।
  3. कुनै व्यक्ति वा वस्तुको योगदान।
  4. नाटक आदिमा पात्रको अभिनय वा कार्य।
  5. रचना।
  6. वेदान्तशास्त्रका अनुसार चित्तका पाँच अवस्था (क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)