भृकुटी

ना. [सं.]

  1. लिच्छविकालीन प्रसिद्ध राजा अंशुवर्माकी छोरी तथा तिब्बतका राजा स्रङ्चनगम्पोसँग बिहा भएकी, त्यहाँ बौद्धधर्मको प्रचार गराउने नेपालकी राजकुमारी; हरिततारा
  2. हठयोगमा प्रयुक्त ईडा, पिङ्गला र सुषुम्णा नाडीहरूको सङ्गमस्थल।
  3. आँखीभौँ; भ्रू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)