भृति
ना. [सं.]
- भरणपोषण गर्ने काम; पालनपोषण।
- सेवा; नोकरी।
- ज्याला; मजदुरी।
- वेतन; तलब।
- मूल्य; दाम।
- अलग्गै बसेकी पत्नीलाई लोग्नेले भरणपोषणका निम्ति भरिदिएको मानाचामल।
- निर्वाहभत्ता; वृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)