भोग
ना. [सं.]
- सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ।
- पाप वा पुण्यको फल; प्रारब्ध।
- सुखदुःखको अनुभव गर्ने देह।
- कुनै वस्तु आफ्नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन।
- कुनै ग्रह एकै राशिमा रहने समय वा काल।
- खानेकुरो खाने काम; भक्षण; खवाइ।
- देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि।
- शासन; राज्य।
- समागम; मैथुन।
- लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर।
- आफ्नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)