भोगटे

ना.

  1. ज्यामिर जातको डल्लो र ठुलो, बाक्लो बोक्रा भएको, गोल फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने एक जातको फल; फोक्से।
  2. हल्का हरियो रङका बाटुला र फराकिला पात हुने, पाक्ता सेतो र पहेँलो रङका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने प्रायः चार हजार फिटभन्दा माथि हुने एक वनस्पति; त्यसैको फल।
  3. सेता आकारका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने, पाकेपछि रक्सी बनाउने काममा प्रयोग हुने एक जातको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)