भोगी

वि. [सं.]

  1. व्यवहारको दुःख-सुख वा राम्रो-नराम्रो भोगिसकेको; भुक्तभोगी।
  2. इन्द्रियहरूको सुख भोग गर्न चाहने; भोगविलासमा लीन भएको; विलासी।
  3. स्त्रीहरूमा रत; स्त्रीलम्पट।
  4. भोग गर्ने; खाने।
  5. कुनै कुरा अघोर मन पराउने।
  6. सुखचैन, आमोदप्रमोदमा लीन भएको मानिस; भोग गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)