मगनी
ना. [माग्+अनी]
- कुनै वस्तुको याचना; माग्ने काम।
- मागिएको वा माग्दा पाएको चिज।
- राई, लिम्बु आदिका समाजमा कन्यार्थी हुनेले पहिलोपल्ट जाँड, रक्सी, कुखुरा आदि कोसेली लाने रीतभाँत।
- नेपाल तराईका मधेसी समुदायमा केटी माग्न जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)