मङ्गल

ना. [सं.]

  1. शुभ लक्षणले युक्त, शुभ हुने तथा श्रेयकारी मानिने कुनै पनि काम वा कुरो; कल्याण; हित; भलाइ।
  2. सौरमण्डलको एक प्रसिद्ध ग्रह; नवग्रहमध्ये एक; भौम।
  3. उक्त ग्रहका नाममा रहेको, सात वारमध्ये तेस्रो वार; सोमवार र बुधवारका बिचको वार।
  4. शुभ अवसर, शकुन वा लक्षण।
  5. कल्याणकारी; भलो हुने; हितकर।
  6. शुभ लक्षणले युक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)