मठ

ना. [सं.]

  1. जोगीसन्न्यासी वा सन्तमहन्त बस्ने ठाउँ; साधुहरूको आश्रम।
  2. अध्ययन गर्ने विद्यार्थी वा वटुहरू बस्ने ठाउँ; गुरुकुल।
  3. देवदेवीको मन्दिर; देवालय।
  4. प्रायः घरको आँगनमा तुलसी रोप्न अग्लो पारी बनाइएको चौकी; तुलसी रोप्ने ठाउँ।
  5. योगी वा तपस्वीहरूको पुरश्चरण गर्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)