मणि
ना. [सं.]
- अत्यन्त; मूल्यवान्, चम्किलो पत्थर; रत्न; जवाहिरात।
- सुयोग्य र श्रेष्ठ व्यक्ति।
- भगाङ्कुर; स्त्रीमणि।
- पुरुषका जननेन्द्रियका टुप्पाको छत्राकार कामोत्तेजक अवयव; पुम्मणि; टेप्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)