मणिपूर

ना.

  1. शरीरमा कल्पना गरिने षट्चक्रमध्ये नाभिस्थानमा रहने र डकारदेखि फकारसम्मका दश वर्णहरूको पुष्प हुने, हठयोगमा प्रयुक्त तेस्रो चक्र; षट्चक्रमध्ये एक।
  2. दामी रत्नहरू जडिएको चौबन्दी चोलो।
  3. नाइटो; नाभि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)