मधुरो

वि. [सं. मधुर]

  1. चर्को राप वा ताप नभएको; मिठो वा न्यानो लाग्ने (घाम, आगो आदि)।
  2. हल्का खालको; बिस्तारै चल्ने; मत्थर; मन्द (हावा आदि)।
  3. गुलियो वा पिरो आदि अलिअलि मात्र लागेको (खानेकुरो)।
  4. हलौँ खालको बास्ना भएको (कमल, गुलाफ आदिका फूलको जस्तो)।
  5. सुन्दा राम्रो वा मिठो लाग्ने (कुरो)।
  6. मधुर; मिठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)