मध्यपाषाण

ना. [सं.]

  1. अपरपुरापाषाणयुगभन्दा पछि र नवपाषाणयुगभन्दा पहिलेका मानिसहरूले प्रयोग गर्ने ढुङ्गाहरूको हतियार।
  2. प्रागैतिहासिक पुरातत्त्वशास्त्रका अनुसार अपरपाषाणयुग र नवपाषाणयुगका बिचको पूर्वी र दक्षिणी अफ्रिकालीहरूको व्यवसाय; ढुङ्गे व्यवसाय।
  3. युरोप, उत्तरी अफ्रिका र मध्यपूर्वको मुस्तेर शैलीको हाते बन्चरो प्रयोग हुने समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)