मध्या
ना. [सं.]
- यौवन चढेकी, केही धृष्ट र कम लज्जालु नायिका; मझौली खालकी नायिका।
- रजस्वला भइसकेकी स्त्री।
- हात वा गोडाका सबैभन्दा लामो औँला; माझीऔँला।
- छन्दशास्त्रअनुसार प्रत्येक चरणमा तीन अक्षर हुने एक वर्णवृत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)