मनु
ना. [सं.]
- मनुष्यका मूल पुरुष मानिने, ब्रह्माजीका छोरा; मनुष्यका प्रतिनिधि एक प्रसिद्ध व्यक्ति।
- चौध क्रमागत प्रजापति वा मन्वन्तरका मूल पुरुष (स्वायंभुव, स्वारोचिष, उत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्मसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, रौच्यदैव सावर्णि र इन्द्रसावर्णि)।
- सोहीअनुसार चौधको सङ्ख्या।
- मानिस; मनुष्य।
- मन; अन्तःकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)