मन्त्र
ना. [सं.]
- सल्लाह; मन्त्रणा; परामर्श।
- गुप्ती कुरो; गोप्य वार्ता; भित्री रहस्य।
- वेदको ऋचा; संहिता।
- देवदेवीबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य।
- टुन्याहा, बोक्सी, भूतप्रेत आदिको लागो वा नराम्रो असर शान्त गर्न र सर्प बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्दसमूह; लागोभागो हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)