मन्त्रनु

स.क्रि. [सं. मन्त्र+नु]

  1. मन्त्रको प्रयोग गर्नु; मन्त्र पढ्नु; मन्तर्नु।
  2. झारफुक गर्नु।
  3. मन्त्र पढेर कुनै कुरा शुद्ध पार्नु (जस्तो- गउँत मन्त्रनु)।
  4. कुरा सिकाउनु; सल्लाह दिनु।
  5. कानमा सुटुक्क केही भन्नु; कानेखुसी गर्नु (जस्तो- कान मन्त्रनु)।
  6. चुक्ली लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)