मर्म
ना. [सं.]
- चोटपटक लाग्दा वा एक्कासि बज्रँदा साह्रै दुख्ने र ज्यानसमेत जाने सम्भावना हुने शरीरको कोमल अङ्ग; मर्मस्थल।
- शरीरका हाड, नसा आदिको जोर्नी; सन्धिस्थल।
- गुप्ती कुरो; आन्तरिक रहस्य; भेद।
- भित्री आशय; केन्द्रीय भाव; तात्पर्य।
- भित्री चोट; आन्तरिक वेदना; मर्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)