महाकाल
ना.
- कुनाकुना परेका लामा भेट्ना र फर्सीका जस्ता पात हुने, चिचिन्डोका जस्ता फल फल्ने (कुकुर्बिटेसी समूहको) एक लहरो।
- प्रलयकर्ताका रूपमा प्रसिद्ध शिवजीको एक विकराल रूप; रुद्र।
- काठमाडौंको टुँडिखेलमा अवस्थित एक भैरव।
- अनन्तकाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)