महाभारत
ना. [सं.]
- भारतवंशको चरित्र तथा कौरव-पाण्डवका युद्धको वर्णन भएको, जम्मा अठार पर्वमा विभाजित, व्यासरचित एक प्रसिद्ध पूर्वीय आख्यान वा महाकाव्य।
- ठुलो परिश्रम।
- कौरवपाण्डवका बिच अठार दिनसम्म चलेको प्रसिद्ध युद्ध।
- ठुलो झगडा; महायुद्ध।
- नेपालको शिवालिक पर्वतदेखि उत्तर र हिमालय पर्वतशृङ्खलादेखि दक्षिणपट्टि पूर्व-पश्चिम फैलिएको पर्वतशृङ्खला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)