माउ

ना. [प्रा.]

  1. आमा (पशुपक्षी, किराफटेङ्ग्रा आदिको); पोथी पशुपक्षी।
  2. घरपरिवारको मुख्य मानिस, थकाली।
  3. चित्रो, मान्द्रो, गुन्द्री आदि बुन्दा टिपिने तीनवटा चोया वा धागो।
  4. ट्रली वा रेल तान्ने इन्जिन।
  5. ऊनी लुगा, कागज आदि काट्ने किरो।
  6. मुख्य; प्रमुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)