माटो

ना. [प्रा. मिट्टीआ< सं. मृत्तिका]

  1. जमिनको माथिल्लो भागमा पाइने, ढुङ्गो, बालुवा, पानी, खनिज पदार्थ आदि बाहेकको, बोटबिरुवा, बालीनाली आदि उम्रने, जीवजन्तु आदि बस्ने र हिँड्ने, भाँडाकुँडा आदि बनाउने काममा प्रयोग हुने, लेउ, सडेपडेका वस्तु आदि मिलेर बनेको उर्वर, बुरबुराउँदो तथा कमलो, गन्धयुक्त वस्तु; मट्टी; माटी।
  2. खेतबारी; जमिन; जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)