मातृका

ना.

  1. आमा; माता; जननी।
  2. धाईआमा।
  3. विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यको पूर्वाङ्गका रूपमा पूजा गरिने सोह्रवटी देवीहरूको वर्ग (गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति)।
  4. तन्त्रशास्त्रका अनुसार सातवटी देवी (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही)।
  5. पञ्चाशत् वर्णमातृका।
  6. स्रोत; मूल।
  7. जादुको शक्ति निहित रहने अक्षरहरूको खास प्रकारको रेखाचित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)