माधवी

ना. [सं.]

  1. सुगन्धित सेतो फूल फुल्ने वासन्ती लता।
  2. तुलसी।
  3. महबाट तयार पारिएको एक पेय पदार्थ।
  4. सं. १९६५-मा मातृप्रसादका नाउँले स्व. राममणि आ. दी. द्वारा सम्पादित र काशीबाट प्रकाशित नेपाली साहित्यिक मासिक पत्रिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)