मान्नु
स.क्रि. [मान+नु]
- भनेको कुरो टेर्नु; आज्ञापालन गर्नु।
- मान गर्नु; मानितो राख्नु; आदर वा श्रद्धा गर्नु।
- पूजा वा भक्तिभावना गर्नु; सेवा गर्नु।
- स्वीकार गर्नु; मन्जुर गर्नु; राजी हुनु।
- ठिक ठान्नु; ठहराउनु।
- चाडपर्व आदि मनाउनु।
- विश्वास गर्नु; पत्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)