मान
ना. [सं.]
- आदर; सत्कार; सम्मान; प्रतिष्ठा।
- अभिमान; अहङ्कार; घमन्ड।
- दर्जा; पदवी।
- नाप; तौल; परिमाण।
- नायकले गरेको अपराध देखेर नायिका अप्रसन्न हुने काम वा स्थिति।
- नक्सामा धरातलीय दुरी जनाउने हिसाब वा तथ्याङ्कीय परिमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)