माल
ना. [अ.]
- व्यावहारिक जीवनमा उपयोग हुने तथा किनबेच गरिने कुनै पनि प्राकृतिक वा मानवीय श्रमद्वारा उत्पादित वस्तु; चिजबिज; जिन्सी सामान; जिनिस।
- धन; सम्पत्ति।
- जग्गा-जमिनको तिरो तहसिल गर्ने अर्थ- मन्त्रालयअन्तर्गतको एक अड्डा; मालपोत कार्यालय; मालअड्डा।
- मदेस; तराई।
- गाँजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)