मिच्नु
स.क्रि. [सं. मर्दन+नु]
- शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु।
- थिचोमिचो गर्नु; दमन गर्नु; दबाउनु।
- बेअदबी गर्नु; नटेर्नु; नमान्नु।
- साँधसीमाको उल्लङ्घन वा अतिक्रमण गर्नु; गिजोल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)