मिसन

ना. [अङ्.]

  1. कुनै संस्था वा सरकारका तर्फबाट विशेष उद्देश्यको प्राप्ति वा सेवाकार्यका निम्ति र महत्त्वपूर्ण कुराकानी गरेर नयाँ सम्बन्ध स्थापित गर्नलाई अर्को देश वा स्थानमा खटाई पठाइने प्रतिनिधिमण्डल।
  2. विशेषतः सङ्गठित रूपमा इसाई धर्मको प्रचारमा संलग्न रहेको संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)