मुखर
वि. [सं.]
- मुख लाग्ने; मुखाले; चोथाले; थुतुने।
- वाचाल; कुरौटे; वाक्पटु।
- आवाज दिने; बज्ने; ध्वननशील; अनुनादी।
- अभिव्यञ्जक; सूचक।
- अश्लील बोल्ने; छाडा।
- उपहास गर्ने; हँसीमजाक गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)