मूर्ति
ना. [सं.]
- प्राणीको शरीर; जिउ।
- कल्पित वा परम्परामान्य आकारका अनुरूप स्थापना गरिएका देवदेवीका आकृति; प्रतिमा; प्रतिमूर्ति।
- पुतला।
- तस्बिर; चित्र; छाया।
- अनुहार; चेहरा।
- साधु, सन्न्यासीको गन्ती गर्दा प्रयोग हुने आदरवाची शब्द।
- वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा लोक बराबरको नापो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)