मूल

ना. [सं.]

  1. रुखपात, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड।
  2. तरुल, भ्याकुर, पिँडालु, मुला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द।
  3. पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान।
  4. बोटबिरुवाको ठिक जमिनमाथि रहेको भाग; फेद।
  5. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र।
  6. सर्वोत्तम; सर्वश्रेष्ठ।
  7. प्रधान; प्रमुख; मुख्य (मूल कार्य, मूल कर्तव्य इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)