मेघ

ना. [सं.]

  1. आकाशमा जम्मा भएको जलकण; बादल; मेहरो।
  2. कुहिरो।
  3. एक बास्नादार घाँस; मोथे।
  4. थुप्रो; समूह; रास।
  5. सङ्गीतशास्त्रका अनुसार गान्धार र धैवत स्वर वर्जित भई निषाद स्वर कोमल हुने र प्रायः रात्रिको चौथो प्रहर र वर्षायाममा हरसमय गाउन हुने औडव जातिको एक राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)