मोठ

ना. [सं. मुष्टि]

  1. जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब।
  2. गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ।
  3. खुकुरी, तरबार, खुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिँड।
  4. सम्पत्तिको मूल हिसाब लेखिएको कागज।
  5. एकमुस्ट; डक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)