यथार्थवाद

ना.

  1. वस्तुजगत्को अस्तित्वलाई नै सर्वेसर्वा स्वीकार गर्ने एक दार्शनिक मत; वस्तुसत्यमा विश्वास राख्ने एक अनीश्वरवादी सिद्धान्त।
  2. जीवन र जगत्को वस्तुपक्ष जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्ने एक साहित्यिक मान्यता; जीवन र जगत्का बिचका सम्बन्धले मान्छेका जीवनमा देखापर्ने र वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने साहित्यिक मूल्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)