यथासङ्ख्य
ना. [सं.]
- अलङ्कारशास्त्रका मतमा पहिले कुनै वस्तुको वर्णन गरेर पछि क्रमशः तिनका उपमान वा आरोपित वस्तु आदिको वर्णन गरिएमा पर्न आउने एक अर्थालङ्कार।
- सङ्ख्याअनुसारको; क्रमैसँगको।
- सङ्ख्याअनुसार; सङ्ख्यामाफिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)