योग
ना. [सं.]
- कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ; संयोग।
- सम्बन्ध; सम्पर्क।
- आपसी हेलमेल; मेलपिलाप।
- गणितमा जोड्ने काम वा क्रिया; जोड; जम्मा।
- कुनै पनि काम वा कुराको उपयुक्तता वा अनुकूलता।
- त्यस्तो राम्रो समय वा साइत।
- यम, नियम आसन, प्राणायाम, प्रत्याहार धारणा, ध्यान र समाधिको अष्टाङ्ग योग।
- चित्तलाई ईश्वरमा लीन गराउनका लागि एकाग्र हुने कार्य; मोक्षको उपाय।
- चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम; वैराग्य।
- फलित ज्योतिषका अनुसार ग्रहहरू विशेष स्थितिमा जुट्नाले पर्न आउने शुभ वा अशुभ योग।
- ज्योतिषशास्त्रका मतमा तिथि, वार, नक्षत्र, योग र करणसमेत मिलेर बन्ने पाँच अङ्गमध्येको एक; विष्कम्भ, प्रीति, आयुष्मान् आदि सत्ताइसवटा योगको साझे नाम।
- तिथि र नक्षत्रका संयोगले पर्न आउने आनन्द, कालदण्ड आदि सत्ताइसवटा योग।
- ज्योतिषका मतमा सिद्धि र अमृत नामका योग।
- छवटा दर्शनमध्ये एक; योगदर्शन।
- टुनामुना; वशीकरण।
- तारतम्य; सबै थोकको भरमभेट; काकताली।
- छलकपटको व्यवहार; धोका।
- लाभ; फाइदा; आम्दानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)