रकम

ना. [अ.]

  1. धन; सम्पत्ति; पैसा।
  2. कागजी औपचारिकता मिलाउने काम; व्यवहारको बन्दोबस्त; स्याहास्रेस्ता।
  3. प्रकार; भाँती; तरिका।
  4. जग्गा, पसल, उद्योग, ठेक्कापट्टा आदिको दैदस्तुर; कर; शुल्क।
  5. घरायसी कामका निमित्त जागिरदारले पाउने बिदा; कर्मचारीले पाउने घरबिदा।
  6. राजस्वबापत लाग्ने कर; शुल्क।
  7. विशेष अवसरमा सरकारले जनताबाट उठाउने श्रम; झार्लाङ्गी; झारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)