रक्षासङ्घ
ना.
- टोल, गाउँ, क्षेत्रहरूको शान्तिसुव्यवस्था र सामाजिक सहयोग गर्ने उद्देश्यले गठन भएको सङ्गठन। (यस्तै उद्देश्यले २००७ सालको आतङ्कको अवस्थामा नेपालको राजधानीमा यसको गठन भएको सङ्घ)।
- समयसमयमा सरकारबाट जनतालाई वितरण हुने जिन्सी, नगदी आदि वस्तु सरोकारवाला क्षेत्रका व्यक्तिले प्राप्त गर्न सकून् भनी स्थानीय जनसमूहबाट बनेको समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)