रङ

ना. [सं. रङ्ग]

  1. कुनै पनि वस्तुमा रहने तथा आँखाले हेरेर चाल पाइने, सेतो, रातो, कालो आदि वर्ण; रङ्ग; रँग।
  2. कुनै वस्तुलाई रँगाउने पदार्थ (चूर्ण, लेप वा झोल); रोगन; पालिस।
  3. तास, बुद्धिचाल, त्रिपासा आदि खेलमा पत्ती वा गोटीलाई प्रमुख मान्दा स्विकारिने वर्ण; तास आदि खेलको प्रमुख वर्ण; तुरुप।
  4. तासका खेलमध्ये एउटा खेल।
  5. जाँड, रक्सी, भाङ आदि मादक पदार्थको नशा; लागो।
  6. छाँटकाँट; चालढाल; ढाँचाकाँचा।
  7. कसैबाट कसैमा पर्ने प्रभाव; असर।
  8. फुर्ती; रबाफ; धाकधक्कु।
  9. हे. रङ्ग पनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)