रति

ना. [सं.]

  1. शिवका नेत्रबाट उत्पन्न अग्निले नष्ट भएका मदन वा कामदेवकी अर्धाङ्गिनी; पुराण आदिमा वर्णित मदनकी पत्नी।
  2. मैथुन; सम्भोग।
  3. प्रेम; प्रीति।
  4. रससिद्धान्तअनुसार शृङ्गाररसको स्थायीभाव।
  5. आकर्षण; झुकाउ।
  6. शोभा; सौन्दर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)