रथ
ना. [सं.]
- प्राचीन कालमा घोडाले तानेर हिँडाउने चारपाङ्ग्रे सवारीसाधन वा वाहन।
- अचेल देउ-देउताको यात्रामा प्रयोग गरिने, मान्छेबाट तानिने त्यस्तै साधन।
- झाँकी आदिमा हिँडाउनका लागि सिँगारेर घर वा मन्दिरजस्तो रूपमा परिणत गरिएको मोटर, ट्रक आदि।
- अचेलका आधुनिक वाहनमध्ये गोरुगाडा, बग्गी, टाँगा आदि।
- शरीर; देह।
- गोडा; खुट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)