रसधयेँरो
ना. [रस+धयेँरो]
- टोकरीटोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रङका लाम्चा, मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने, प्रायः चार हजार फिटभन्दा कम उचाइमा मात्र हुने, प्रशस्त गुलियो रस भए पनि सीताको रगत ठानी मौरी बस्तैन भनी लोकले विश्वास गरिएको एक पोथ्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)