रसिक
वि. [सं.]
- रस वा स्वाद लिने; पारख गर्न जान्ने।
- आनन्दी; मगनमस्त।
- क्रीडाप्रेमी; खेलप्रिय।
- रसदार; स्वादिष्ठ।
- सौन्दर्य, कला, साहित्य आदि विषयमा अनुराग भएको व्यक्ति; सहृदयी व्यक्ति; भावयुक्त व्यक्ति।
- काव्य र कलाको मर्म बुझ्न सक्ने व्यक्ति; रसज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)