राख्नु

स.क्रि. [सं. रक्षण]

  1. कुनै वस्तुलाई कुनै ठाउँमा थन्क्याउनु; एक ठाउँमा जतनसाथ रहन दिनु।
  2. जोगाउनु; साँच्नु; खर्च नगर्नु।
  3. बसाउनु; बसाल्नु।
  4. कुनै वस्तुको प्रतिष्ठा गर्नु; स्थापना गर्नु; थाप्नु।
  5. विवाहविधि नगरी कुनै आइमाईलाई स्वास्नी बनाउनु; रखौटी तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)