राग

ना. [सं.]

  1. कुनै प्यारो विषय वा वस्तुप्रति हुने अनुराग; झुकाउ; प्रेमभाव; अनुरक्ति।
  2. कुनै वस्तु वा विषयप्रतिको मोह।
  3. लोभ; लालसा।
  4. उमङ्ग; आनन्द; हर्ष।
  5. ईर्ष्या; द्वेष।
  6. कपुर, कस्तूरी, चन्दन आदिबाट तयार गरिएको, शरीरमा घस्ने लेप; अङ्गलेप।
  7. मेहँदी; माहुर।
  8. रसरङ्ग।
  9. अत्यन्त चर्को वा कडा गन्ध।
  10. सङ्गीत-शास्त्रअनुसार स्वर र गायनप्रक्रियाद्वारा सुव्यवस्थित, सुन्दर र आकर्षक ध्वनिहरूको विशेष संयोजन; ध्वनिराग। (यसका औडव, षाडव र सम्पूर्ण तीन भेदका भैरव, मालकोश, हिण्डोल, दीपक, श्री र मेघ छ राग छन्।)
  11. पिरोपन; हरक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)