राङभाङ

ना. [भो. ब.]

  1. भुवाको झुलो बनाई दर्सिनढुङ्गा र चकमकद्वारा आगो पार्ने काममा प्रयोग गरिने, साथै काठका रूपमा पनि असल मानिने एक प्रकारको लेकाली वृक्ष; लट्ठी (खासगरी लोकविश्वासअनुसार सिस्नुमा हानेर पानी निकाल्ने चाहिँ) बनाउने काममा आउने सोही वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)