राजनीति
ना. [सं.]
- प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति।
- राज्यको शासन- व्यवस्थासम्बन्धी नीति; राज्य-सञ्चालन-प्रणाली।
- राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)